रेडियो थाहा सञ्चार हेटौँडाले मनायो १८ औं वार्षिकोत्सव

जनपत्र
७ फाल्गुन २०८२, बिहीबार २०:२७

हेटौँडा । विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९।६ मेगाहर्ज हेटौँडाले १८ औं वार्षिकोत्सव मनाएको छ । रेडियोले सप्याहव्यापी कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाएको हो ।

रेडियोले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन फागुन १ गते हेटौँडा उपमहानगरपालिका वडा नम्वर १, स्थित नेपाल फलफूल तथा तरकारी बजारमा सरसफाई कार्यक्रम, फागुन २ गते हेटौँडा–४ हुप्राचौरमा पत्रकार महिला र अधिकारकर्मी महिलाहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, फागुन ३ गते थाहा दर्शन कार्यक्रम, फागुन ४ गते मकवानवपुरगढी गाउँपालिका वडा नम्वर ५ मा रहेको सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य र आयोडिनयुक्त नुन वितरण गरिएको थियो भने फागुन ६ गते हेटौँडा ऐकेडेमीको सहकार्यमा बाल साहित्य कार्यक्रमको आयोजना गरेको थियो ।

रेडियोले आज अन्तिम दिन थाहा वर्ष सम्मान तथा समापन समारोह कार्यक्रमको आयोजना गरेको छ । समापन कार्यक्रम रेडियोका संचालक अरुणराज सुमार्गीको सभाध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी ९सीडीयो० बसन्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो ।

रेडियोको स्टेशन म्यानेजर गोकुल अधिकारीले संचालन गरेको कार्यक्रममा व्यवसायिकहरु तर्फतिर सीआईडीका संचालक दिनेश रिजाल, श्रोता मिलनका अध्यक्ष विष्णु लामिछाने, गैरसरकारी सँस्था मकवानपुरकि अध्यक्ष रमिला सापकोटा, साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडाका प्रमुख मधुसूदन अधिकारी, पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले मन्तव्य राखेका थिए ।
उक्त अवसरमा सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष रामबहादुर बस्नेतलाई थाहा वर्ष सम्मान २०८२ प्रदान गरिएको थियो । समाजसेवीसमेत रहेका बस्नेतलाई प्रमुख अतिथि, सभाध्यक्ष, अतिथीहरुले दोसल्ला ओडाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

सो सम्मान पत्र ग्रहण गर्दै अध्यक्ष बस्नेतले आफ्नो कामको मुल्यांकन हरी आफुलाई सम्मान गरेकोप्रति धन्यवाद व्यक्त गरे । उनले सहकारी र मिडियाकर्मीको सम्बन्ध नङ र मासुको जस्तो रहेको भन्दै रेडियोको वार्षिकोत्सवको अवसरमा शुभकामना दिए ।

कार्यक्रममा पत्रकार महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईँ, स्वतन्त्र पत्रकार महासङ्घका केन्द्रिय उपमहासचिव सुरेश श्रेष्ठ, सिबिन नेपाल मकवानपुरका प्रमुख झवेन्द्र ज्ञवाली, सन्चारिका समुह मकवानपुरकी अध्यक्ष निशा गुरुङ, स्वतन्त्र पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष राजन घिमिरे, विभिन्न सङ्घसँस्थाका प्रमुख, विज्ञापनदाताहरु, सन्चारकर्मीहरुलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*