महेश बर्तौला सांसद भएपछी जनताका लागि के गरे ?

दिपेश दाहाल
१ फाल्गुन २०८२, शुक्रबार १८:३५

हेटौंडा । २०७९ को निर्वाचनमा मकवानपुरको क्षेत्रनम्बर २ बाट प्रभावशाली नेता बिरोध खतिवडालाई पराजित गर्दै युवा नेता महेश कुमार बर्तौला प्रतिनिधी सभा सदस्यका रुपमा सदन छिरे । ३२ महिने कार्यकाल सदनमा आफ्नो दरिलो उपस्थिती जनाए । नेकपा एमालेको सचेतक, मु्ख्य सचेतक हुँदै सरकारको प्रमुख सचेतकको जिम्मेवारीमा रहन सफल भए । उनले यो समयमा मकवानपुरे जनताका विविध समस्या समाधानमा सकारात्मक भूमिका निर्वाह गरेका छन् ।

कृषि र किसानको समस्याको उठान

देशैभरका किासन खेती गर्ने सिजनमा मल बीउ नपाउने समस्या झेलीरहेका बेला उनले आलु, धान, मकै, कोदो तथा तरकारी खेतीका लागि सहज पानसफल भए । निर्बाचित भएलगत्तै साल्ट ट्रेड्रिङको गोदाम अनुगमन गरी प्रशासनलाई सक्रिय बनाए ।

नेपाली किसानले उत्पादन गरेका गोलभेडा,लगायत तरकारीहरुको समर्थन मुल्य तोक्न सदन बाट माग गरे । दुग्ध विकास संस्थान र निजी डेरीहरूले दुग्ध उत्पादक किसानको करोडौं रुपैयाँ भुक्तानी नदिएको विषय उनले सदनमा बारम्बार बोलीरहे । किसानका आन्दोलनमा उनी सडकमा किसानसंगै सहभागी थिए । किसानहरु पक्राउ पर्दा प्रहरी कार्यालयमै पुगे ।

लम्पि स्किन रोग लागेर गाई भैंसीहरु संक्रमित हुँदा किसानका समस्या उठाउने उनै बर्तौला हुन् । किसानले उत्पादन गरेका दुग्द्यजन्य पदार्थहरु विदेश निकासी गर्न खोरेत मुक्त हुनुपर्ने विषयमा सरकारलाई अवगत गराए । निशुल्क खोप उपलब्ध गराउन । माहामारीका कारण मरेका पशुको राहत र मुआब्जा दिन वडा वडामा पशु चिकीत्सक परिचालन गर्न उनले सरकारलाई ध्यानाकर्षण गराए । “किसानको गोठ रित्तो हुँदा सरकार मौन बस्न मिल्दैन” भन्दै सरकारलाई नीतिगत निर्णय गर्न बाध्य बनाए ।

सुशासन तथा भ्रष्टाचार नियन्त्रण

संसद्को शून्य र विशेष समयमा बोल्दै पटक–पटक सरकारलाई सुशासनको प्रत्याभूति गराउन महेशले दबाब बढाईरहे । नागरिकले पाउने सेवामा शुशासन देखिनुपर्छ” भन्ने मान्यता राख्दै उनले सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न माग गरे ।

भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, र ललिता निवास जस्ता राष्ट्रिय चर्चाका भ्रष्टाचार काण्डहरूमा निष्पक्ष छानबिन गर्न उनको जोडदार माग रह्यो । भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमाथिको छलफलमा उहाँले आयोगलाई थप शक्तिशाली र स्रोतसाधन सम्पन्न बनाउनुपर्ने धारणा राखे । कानुन, न्याय तथा मानव अधिकार समितिको सदस्यको रूपमा काम गर्दा ’केही नेपाल ऐन संशोधन’ मार्फत विभिन्न क्षेत्रमा रहेका नीतिगत भ्रष्टाचारका प्वालहरू टाल्न महत्वपूर्ण भूमिका खेलेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई कडाइका साथ पारित गराउन उनले खेलेको भूमिकाले नेपालको अन्तर्राष्ट्रिय छवि जोगाउन र वित्तीय सुशासन कायम गर्न मद्दत पुगेको छ ।

सहकारीमा भएको अर्बौँको ठगी र मिटरब्याज मार्फत भएको आर्थिक शोषणलाई ‘संगठित भ्रष्टाचार’ को रूपमा व्याख्या गर्दै पीडितहरूको बचत फिर्ता गराउन र दोषीलाई जेल हाल्न निरन्तर आवाज उठाए । उनकै पहलमा मिटरब्याज विरुद्धको कानुन निर्माणमा उल्लेख्य प्रगति भयो । बर्तौलाले संसदीय मुल्य, मान्यता र गरिमालाई जिवन्त राख्न खास खास समयमा संसदमा प्रश्न, खबरदारी र ध्यानाकर्षण गराईरहे । मुलुकको राष्ट्रियताको सम्बद्र्धनको पक्षमा संसद मार्फत निरन्तर बहस, पैरवी र खबरदारी गरीरहे ।

 शिक्षा तथा स्वास्थ्य

भौगोलिक विकटताका कारण घण्टौ पैदल हिडेर बिद्यालय आउजाउ गर्न मकवानपुरका विकट क्षेत्रका विद्यार्थीहरुलाई असहज भईरहेका बेला सांसद महेश बर्तौलाले एक पालिका, एक आवासीय विद्यालय’को अवधारण अघी सारे । जस अनुरुप उनले आफु निर्वाचित भए पछी सरकारलाई संसद मार्फत घचघच्याउँदै राक्सिराङ गाउँपालिका वडा नंं ३ सरिखेतमा सुर्योदय माध्यमिक विद्यालयमा र थाहा नगरपालिकाको वडा नंं १ मा अवस्थित झम्केश्वरी माध्यमिक विद्यालयको बालबालिका लागि आवासिय विद्यालय बनाउन पहल कदमी लिए । आज यहाँका छात्रावासहरु सञ्चालनको तयारीमा छन् । थाहा नगरपालिकाको वडा नंं ११ स्थित श्री बागेश्वरी माध्यमिक विद्यालय, मकवानपुरगढीको वडा नंं ८ स्थित श्री रुपनारायण माध्यमिक विद्यालय र मनहरी ७ स्थित राष्टिय रोटरी माध्यमिक विद्यालयमा पनि बर्तौलाको पहलमा छात्रावास निर्माणको लागि नेपाल सरकारबाट रकम विनियोजन भईसकेको छ र ठेक्का प्रकृया अघी बढी सकेको छ ।

विद्यालयमा छात्रावाससंगै भौतिक पुर्वाधार निर्माणमा पनि महेशको भूमिका सक्रीय छ । राक्सिराङ गाउँपालिकाको वडा नंं ९ खैराङ स्थित श्री देविथान प्राथमिक विद्यालय सहित जिल्लाका दर्जनौ विद्यालयहरुमा भवन निर्माणका लागि सरकारबाट बजेट विनियोजन गराउन सफल भएका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल रेडक्रस सोसाईटी उपशाखा नामटार संगको समन्वयमा कैलाश गाउँपालिकाको वडा नं. ९ स्थित नामटारमा स्वास्थ्य शिबीर उनकै पहलमा सञ्चालन भयो । यो शिबीरबाट २०० जना विरामीले गाउँमै विषेषज्ञसेवा लिए । बर्तौला जनताका शुख दुःखमा सशरीर पुग्ने गर्छन् । विरामी भेट्न अस्पतालमै पुगेका छन् । जन्ती र मलामीमा समेत उनको उपस्थिती रह्यो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुधारमा उनको भूमिका छ । आफुलाई डेंगु लाग्दा पनि उनले यही उपचार गराए ।

थाहा नगरपालिका वडा नंं १० निवासी जित बहादुर गोपाली आफ्नो छोरीको सुन्दर भविश्यको लागि पोर्चुगल जानुभयो । बु्वा बैदेसिक रोजगारमा रहँदा उनकी ५ बर्षकी छोरी रेजिशा गोपालीले उपचार नपाएर कान्ती बाल अस्पतालको लापरवाहीका कारण मृत्युबरण गर्न बाध्य भइन् । बर्तौलाले यो विषय सदनमा उठाए । उक्त घटनामा मृतक परिवारलाई क्षेतीपुर्ति अस्पतालको लापरवाही माथि छानविन र दोषीलाई कारबाहीको माग भयो । जनप्रतिनिधि र सर्वसाधारणको निरन्तर दबाबपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । उक्त समितिले अस्पतालको व्यवस्थापकीय कमजोरी र ड्युटीमा रहेका कर्मचारीहरूको लापरबाही रहेको निष्कर्ष निकालेको थियो ।

विपद र आकस्मिक विषय

विपदका बेला राहत र उद्दारका लागि सरकारलाई तयारी अवस्थामा रहन उनले निरन्तर खबरदारी गरिरहे । पालुंगमा हुरीवतास आउँदा आवश्यक राहत, क्षतिपुर्ती र पुननिर्माणको लागि सरकारसँग माग गरे ।

मनहरीमा चट्याङ पर्दा होस् या राक्सिराङमा बोलेरो दुर्घटना हुँदा जनताका आवाज सदनमा गुन्जीन्थ्यो । साउदीमा ४६९ जना नेपाली श्रमिकहरु अलपत्र पर्दा पनि यहाँको परराष्ट मन्त्रालय र नेपाल सरकारलाई संसद मार्फत नेपाल फिर्ताको सहजीकरणका लागि अलपत्र श्रमिकको आवाज बनेर उनी उभीए ।

२०८१ असोजामा भिषण बर्षाले इन्द्रसरोवर ताल भरिँदा आयोजनाले कुलेखानीको ड्याम खोल्न ढिलाई गर्दा जनधनको क्षति भयो । यो विषय बर्तौलाले सदनमा उठाए । त्यतिबेला २ जना महिलाहरुलाई सुरक्षित सुत्केरीका लागि सेनाको हेलिकोप्टर मार्फत काठमाण्डौं झिकाईयो । दर्जनौ सवारी साधनको समयमै उद्दार भयो । भत्कीएका बाटा पुर्नपनर्माणमा निरन्तर लागीरहे । भत्कीएको पुल पुर्ननिर्माण भयो । कुलेखानी देखी सिस्नेरीको विपद्ले समस्याग्रस्त सडकहरु तत्कालीन भौतिक मन्त्रालयको बजेट मार्फत र सिस्नेरी बजार, डौंडारे, ज्यामिरे, गोल्टा, वत्सलादेखी मा.वि.,कुलेखानी क्षेत्र लगायतमा उर्जा मन्त्रालय मार्फत संरक्षणको काम भएको छ ।

मध्यवर्ती क्षेत्रका समस्या उठान र समाधानमा पहल

चितवन र पर्सा राष्टिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा अनेक समस्या झेलिरहेका छन् । २०७९को निर्वाचनको बेला जनताका घरदैलोमा पुगेर यी समस्यालाई महेशले राम्रोसंग सुने, महसुस गरे, कानूनी अध्ययन गरे र सँसद र सडक मार्फत मध्यवर्ती क्षेत्रको समस्यालाई सदनमा उजागर गरे । उनी सँसदमा मध्यवर्तीसँग सम्बन्धित समस्यालाई समाधानका लागि कानून संशोधनको बाटोमा लागीरहे । मध्यक्षवर्ती क्षेत्रका अरु साँसदहरुलाई समन्वय गर्दै राज्यलाई दवाव सिर्जना गर्न उनी सफल भए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ का पुराना प्रावधानका कारण जनता पीडित छन् भन्दै बर्तौलाले यो ५० वर्ष पुरानो एन संसोधनको आबश्यकता सदन र सरकारलाई बुझाए ।

बनकरीया, चेपाङ, तामाङ तथा अन्य समुदायलाई थातथलो छाड्न बाध्य पार्ने यो ऐन संसोधनको आवाज बुलन्द पार्दै नागरिरको अधिकार सँरक्षण गर्न आवाज उठाए । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकाहरुका परिवारलाई उचित राहत र घाइते भएकाहरूको निःशुल्क उपचारका लागि सरकारको ध्यानाकर्षण गराए । निकुञ्जबाट बस्तीमा छिर्ने जनावर रोक्नका लागि मेस जाली, विद्युतीय तारबार  र पर्खाल लगाउन बजेट विनियोजन गर्न लगाईयो ।

मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने धेरै नागरिकसँग आफ्नो जमिनको भोगचलन गर्ने पूर्ण अधिकार छैन। बर्तौलाले मध्यवर्ती क्षेत्रभित्र रहेका बस्तीहरूलाई निकुञ्जको कठोर नियमबाट मुक्त गराई उनीहरूलाई जग्गाको धनीपूर्जा वितरण गर्न र आफ्नो निजी सम्पत्ति निर्वाध प्रयोग गर्न पाउनुपर्ने अडान राख्दै आएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*