‘कबड्डी ३’ ले दुई हप्तामा कमायो ११ करोड

जनपत्र
२० आश्विन २०७६, सोमबार ०६:३३

बक्सअफिसमा सफल प्रदर्शन गरिरहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले दुई हप्तामा ११ करोडको आँकडा पार गरेको छ । शुक्रबार राजधानीमा सञ्चारकर्मीसँग बडा दशैंको शुभकामना आदान प्रदान गर्दै निर्माण टिमले फिल्मको दुई हप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गर्‍यो । वितरक कम्पनी स्टेशन फाइभका प्रचण्डमान श्रेष्ठले फिल्मले दुई हप्तामा राजधानीमा ६ करोड छापेको बताए ।
फिल्मको मोफसलको वितरण भने मनोज राठीको कम्पनी ब्यांकटेस् इन्टरटेनमेन्टले लिएको हो । उनी कार्यक्रममा उपस्थित भएका थिएनन् । उनको भनाई उद्धित गर्दै फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले बिहीबार साँझसम्म ‘कबड्डी कबड्डी कबड्डी’ ले देशभरबाट कूल ११ करोड ३ लाखको व्यापार गरेको जानकारी दिए । भोली ९फूलपाती० बाट दशैंको विदा भएका कारण फिल्मको व्यापार बढ्ने अपेक्षा निर्माण टिमको छ ।
समीक्षकबाट मिश्रित प्रतिक्रिया बटुलेको यो फिल्मलाई दर्शकले भने राम्रो भनेका छन् । दृश्यभाषामार्फत् मौलिक कथा पस्कन सिपालु मानिने निर्देशक रामबाबु गुरुङमाथि ‘कबड्डी’ ब्रान्डलाई दुहुनो गाई बनाएको समीक्षकले आरोप लगाएका छन् । उनी यो कुरा खण्डन गर्न चाहँदैनन् । आफ्नो टिमले ‘कबड्डी’ को ब्रान्ड बेचेको उनी स्वीकार गर्छन् । तर, पैसाकै लागि जबरजस्ती रुपमा फिल्मको सिक्वेल निर्माण नगरेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*