हेटौंडा जेसीज सप्ताह अन्तरगत रक्तदान र स्लो मोटर साइकल रेस
हेटौंडा । हेटौंडा जेसीजको जेसीज सप्ताह २०२५ अन्तर्गत रक्तदान जीवन दान भन्ने मुल नाराको साथ मंगलबार पहिलो कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा वडा नंं ४ स्थित हुप्राचौरमा सम्पन्न भएको कार्यक्रममा २० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।
जेसी विनोद वाग्ले वाग्लेको संयोजकत्वमा भएको कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष सिनेटर पंकज दास बानियाँको सभाअध्यक्षता एवम् मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानका रजिष्टार भिम सागर गुरागाई ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको होे ।
रक्त संचार केन्द्र मकवानपुरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२० का शाखा अध्यक्ष सिनेटर राजदेव बानियाँ, वर्ष २००८ का शाखा अध्यक्ष तथा वर्ष २०२५ का प्रमुख बोर्ड सल्लाहकार एवम् बोर्ड अफ ट्रष्टीका अध्यक्ष सिनेटर कुश रिजाल ज्यूको आतिथ्यता एवम् जेसीज सप्ताह वर्ष २०२५ का सह मुल कार्यक्रम संयोजक जेसी किरण आले, मुख्य कार्यक्रम संयोजक जेसी सन्तोष पराजुली लगायत जेसीज सदस्यहरुको उपस्थिति रहेको थियो । हेटौंडा जेसीज वर्ष २०२५ का महासचिव जेसी संजय कुमार न्यौपालेले कार्यक्रम संचालन गर्नु भएको थियो ।
स्लो मोटर साइकल रेस प्रतियोगिता
हेटौंडा जेसीजको जेसीज सप्ताह २०२५ अन्तर्गत तीवगति जीवनको क्षति भन्ने मुल नाराको साथ दोस्रो कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा वडा नंं ४ स्थित हुप्राचौरम सम्पन्न भएको खुल्ला स्लो मोटरसाइकल रेस प्रतियोगितामा २५ जना मोटरसाइकल चालकहरुको सहभागिता रहेको थियो ।
जेसी अशोक सिंहको संयोजकत्वमा भएको कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष सिनेटर पंकज दास बानियाँको सभाअध्यक्षता एवम् जिल्ला प्रहरी कार्यालय मकवानपुरका, प्रहरी उपरीक्षक सुबास चन्द्र बोहरा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको होे ।
हेटौंडा ४ सितल महल चोक देखि हुपौचौर गेट सम्म भएको स्लो मोटर साइकल रेस प्रतियोगितामा हेटौंडा २ निवासी जेसी विवेक जेसी बानियाँले तृतिय स्थान, हेटौंडा वडा नं. ५ निवासी जेसी मित्र प्रसाद गौतमले द्धितिय स्थान र हेटौंडा ५ निवासी क्रिम उलक ज्यूले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको थियो ।
प्रतियोगिताका सहभागिहलाई सहभागिताको प्रमाण पत्र वितरण गरिनुका साथ प्रथम, द्धितिय र तृतीय हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा ज्यूले मेडल, प्रमाण पत्र तथा पुरस्कार वितरण गर्नु भएको थियो ।
हेटौंडा जेसीज वर्ष २०२० का शाखा अध्यक्ष सिनेटर राजदेव बानियाँ, वर्ष २००८ का शाखा अध्यक्ष तथा वर्ष २०२५ का प्रमुख बोर्ड सल्लाहकार एवम् बोर्ड अफ ट्रष्टीका अध्यक्ष सिनेटर कुश रिजाल ज्यूको आतिथ्यता एवम् जेसीज सप्ताह वर्ष २०२५ का सह मुल कार्यक्रम संयोजक जेसी किरण आले, मुख्य कार्यक्रम संयोजक जेसी सन्तोष पराजुली उपस्थिति रहेको थियो । हेटौंडा जेसीज वर्ष २०२५ का महासचिव जेसी संजय कुमार न्यौपालेले कार्यक्रम संचालन गर्नु भएको थियो ।






