बागमती प्रदेशको वन मन्त्रालय अन्तरगतका १२ जना उपसचिबको सरुवा
हेटौंडा । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तरगतका १२ जना उपसचिब स्तरका कर्मचारीहरुको सरुवा गरिएको छ । मन्त्रालयको सिफारिसमा प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छ वटा डिभिजन वन कार्यालयका प्रमुखहरु र ३ जना भूसंरक्षण तथा जलाधार कार्यालयका प्रमुखहरुको सरुवा गरिएको वन तथा वातावरण मन्त्रालयका सचिब केदार बरालले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय र भूसंरक्षण तथा जलाधार कार्यालयमा २ वर्ष अवधि पुगेका प्रमुखहरुको सरुवा गरिएको बरालले बताउनुभयो । डिभिजन वन कार्यालयका प्रमुखहरुका रुपमा सरुवा गर्दा सिनियर कर्मचारीलाई भन्दा पनि जुनियर कर्मचारीलाई प्राथमिकता दिइएको वन मन्त्रालयका एक सिनियर कर्मचारीले बताउनुभयो ।
सिनियर र अनुभवी कर्मचारीलाई वन मन्त्रालय र निर्देशनालयमा राख्ने र जुनियर कर्मचारीलाई डिभिजन वन कार्यालयको प्रमुखका रुपमा पठाउने कार्यमा वन मन्त्रालय र मुख्यमन्त्री कार्यालय लागेको उहाँले दुखेसो पोख्नुभयो । वन कार्यालयका प्रमुखको सरुवामा चलखेल समेत भएको उहाँले बताउनुभयो ।
यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारी प्रशासन महाँसाखाका उपसचिब गोविन्द पुरीले वन मन्त्रालय अन्तरगतका उपसचिबहरुको सरुवा भएको तर, कतीजनालाई कहाँ कहा खटाइएको भन्ने जानकारी आफुलाई नभएको बताए ।






