मकवानपुरमा ट्रकको ठक्करबाट ८४ वर्षीया वृद्धाको मृत्यु

जनपत्र
८ कार्तिक २०८२, शुक्रबार ०८:१८

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तीमा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले सडक छेउमा हिँडिरहेकी ८४ वर्षीया इन्द्रकुमारी स्याङ्तानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी स्याङ्तानलाई उपचारका लागि तत्काल हेटौंडा अस्पताल मकवानपुर लगिएको थियो। तर, अस्पतालमा लगिएलगत्तै  चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

दुर्घटनापछि उक्त ट्रक र चालक २५ वर्षीय संजित कुमार महतो, स्थायी ठेगाना धनुषा जिल्लाको मिथिला नगरपालिका–६, लाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ।

मकवानपुर प्रहरीका अनुसार दुर्घटना भएको स्थान इलाका प्रहरी कार्यालय मनहरीबाट करिब ५ मिटर पूर्व पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*