हेटौँडामा तास खेल्दै गरेका ११ जनालाई थप अनुसंधान हुँदै, प्रहरीले बरामद गरेको ६ लाख सरकारी राजश्वमा

जनपत्र
३ कार्तिक २०८२, आईतवार १६:२२

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१०, बसपार्क नजिकै रहेको एक खाजाघरमा तास खेलिरहेका ११ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेपछी अरु अपराधमा पनि केही जना संलग्न भएकाले थप अनुसंधान भइरहेको जनाएको छ ।

११ बुक ताल लिएर खेल्दै गरेकाहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट बरामद गरिएको रकम भने सरकारी राजश्व खातामा जाने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार साँझ ५ बजेर २० मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ६ लाख ६ हजार ३ सय १० रुपैयाँ नगद, ११ बुक ताससहित ११ जनालाई पक्राउ गरेकोथियो।

प्रहरीले खाजाघर सञ्चालक हेटौँडा–१०, कर्राका ३५ वर्षीय हिरालाल मोक्तान, हिरालालकी श्रीमति ३५ वर्षीया वसन्ती ब्लोन, हेटौँडा–१० टिसिएनरोडका ३७ वर्षीय अर्जुन तामाङ, हेटौँडा–१०, न्युरेनीका ३८ वर्षीय टुम बहादुर वाइबा, हेटौँडा–१०, बसपार्ककी ५० वर्षीया राममाया राना, हेटौँडा–४, हुप्रचौरकी ५० वर्षीया हिरामाया थिङ, हेटौँडा–४, हुप्रचौरकी ३० वर्षीया शान्तिमाया तामाङ, हेटौँडा–१०, बसपार्ककी ६६ वर्षीया कान्छीमाया ब्लोन, हेटौँडा–११, थानाभर्‍याङकी ४५ वर्षीया सीता लामा, मकवानपुरको बागमती गाउँपालिका–५, ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल, र मकवानपुरको मनहरी गाउँपालिका–४ का ३० वर्षीय अनिल थापा रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*