हेटौँडा हुँदै काठमाडौँ आउजाउ गर्ने सबै सडकखण्ड पूर्णरूपमा बन्द
हेटौँडा/ गृह मन्त्रालयको आदेशअनुसार हेटौँडाहुँदै काठमाडौं आउजाउ गर्ने सबै सडकखण्ड पूर्णरूपमा बन्द गरिएको छ।
मकवानपुर प्रहरीले रातमाटे, चौघडा र चौकीटोलमा सवारीसाधन रोकेको छ। हेटौँडाबाट काठमाडौँ आउजाउ गर्ने सबै बाटा खुला रहे पनि लगातारको झरीका कारण सबै सडक खण्ड बन्द गरिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा–काठमाडौँ आउजाउ गर्ने छोटो दूरीको मार्ग, कान्तिलोकपथ, त्रिभुवन राजपथबीच रहेका सवारीसाधनलाई गन्तव्यमा पुग्न भने कुनै अवरोध गरिएको छैन।






