मकवानपुरको मनहरीबाट दुइ लाख नगद सहित ९ जना जुवाडे पक्राउ
हेटौंडा । मकवानपुरको मनहरी गाउँ पालिकाबाट ९ जना जुवाडे पक्राउ परेका हुन । जुवा खेली रहेको अवस्थामा प्रहरिले ९ जना जुवाडे सहित २ लाख १ हजार नगद बरामद गरेको छ । जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेकाहरुलाई दशैपछी मुद्धा चलाउनेगरी अहिलेलाई छोडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख शुबास चन्द्र बोहोराले बताए ।
अहिले सरकारी वकिलको कार्यालय र अदालत समेत बन्द रहेको अबस्थामा पक्राउ परेका ९ जनालाई बयान लिएर दशै पछी मुद्धा चलाउनेगरी छोडिएको उनले बताए । ठूलो परिमाणको हार जित हुने गरि जुवा खेलीरहेकालाई राजनितीक दलको दबाबमा हाजिर जमानिमा छोडिएको पाइएको छ । मनहरीका सुदर्शन उप्रेतीको घरमा जुवा खेलाइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले उपलब्ध गराएको नाम ठेगाना अनुसार जुवा खेल्दै गरेको र प्रहरीले बयान लिएकाहरु निम्न ब्यक्तिहरु रहेका छन् ।







