हेटौंडाका उपमेयरमाथि कुटपिट

जनपत्र
२९ भाद्र २०८२, आईतवार १५:४६

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ ।

हेटौंडा-२ बुद्धचोकस्थित बानियाँ ट्रेडर्स अगाडि उपमेयर बानियाँलाई स्थानीय पुरुषोत्तम खड्काले हातपात गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले  जानकारी दिए । बानियाँ ट्रेडर्स (कपडा पसल) उनको आफ्नै हो ।

हेटौंडा-१ घर भएका ५२ वर्षीय खड्कालाई नियन्त्रणमा लिइएको एसपी खड्काले बताए ।  उपमेयर बानियाँमाथि खड्काले किन कुटपिट गरे भन्नेबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*