आज बाल दिवस मनाइँदै, बागमती प्रदेश प्रमुख देवकोटाद्वारा शुभकामना

जनपत्र
२९ भाद्र २०८२, आईतवार ०७:३३

मकवानपुर । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ ।

बाल दिवसका अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बालबालिका राष्ट्रका उज्ज्वल भविष्य भएको बताउनु भएको छ । आइतबार ६१ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश मार्फत प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनु भएको हो । ूउनीहरूको सुरक्षित र समृद्ध भविष्य सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी होू उहाँले सन्देशमा भन्नुभएको छ ।

यस वर्षको “बालबालिकामा लगानीस् सुनिश्चित भविष्यको थालनी” भन्ने नाराको साथ आज आइतबार दिवस मनाइदै छ । स्वस्थ र गुणस्तरीय शिक्षा, पोषण र सुरक्षित वातावरणमा गरिने लगानीले मात्र बालबालिकाहरूको चौतर्फी विकास हुने उनीहरू जिम्मेवार तथा सक्षम नागरिक बन्न सक्ने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

नेपालको संविधानले बालबालिकाका हक र अधिकारलाई सुनिश्चित गरेको छ। हरेक बालबालिकाले बालमैत्री समाजमा निर्धक्क भएर हाँस्न, खेल्न र आफ्नो सपना पूरा गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो, यो पूरा गर्न जिम्मेवार बनिदिनु हामी सबैको कर्तव्य पनि हो ।

बालबालिकामाथि हुने जुनसुकै प्रकारको हिंसा, शोषण, दुर्व्यवहार र बालश्रमको अन्त्य गर्न सबैको हातेमालो आवश्यक भएको उहाँले उल्लेख गर्नु भएको छ ।

ूविशेष दिनमा हामी सबैले हरेक बालबालिकाको मुस्कानको संरक्षण गर्ने र उनीहरूको उज्ज्वल भविष्यका लागि सँगै काम गर्ने प्रण गरौंू उहाँले भन्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*