हेटौँडामा चल्न थाले सार्वजनिक गाडी, खुल्न थाले पसल

जनपत्र
२८ भाद्र २०८२, शनिबार ११:२३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका र आसपासका मकवानपुरका स्थानीय तहहरुमा सार्वजनिक सवारीका साधनहरु चल्न थालेका छन् । गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ ।

शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् । हेटौंडामा जिल्ला प्रशासन कार्यालय मकवानपुरले लगाउँदै आएको कफ्यु र निशेधाज्ञा हटेसंगै यहाँको जनजिवन समेत सामान्य बन्दै गएको छ । केही पसलहरु खुल्न थालेका छन् । राजमार्गमा पनि गाडी थोरै मात्रामा भएपनि चल्न थालेका छन् । मंगलबारदेखि हेटौंडाको सबै क्षेत्रमा प्रदर्शन हुन थालेसँगै सार्वजनिक सवारी साधन चल्न छाडेका थिए । नेपाली सेनाले कर्फ्यु समेत लगाएकाले गाडी ठप्प थिए ।

शनिबार बिहानदेखि हेटौंडाको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य छ । सार्वजनिक बस, अटो, मयुरी लगायतका सवारी साधन बिहानैदेखि चलिरहेका छन् । जनजीवन सहज हुँदै गएपछि पसलहरु खुल्न थालेका छन् । प्रदर्शनका क्रममा क्षति पुगेका पसलहरुमा सरसफाइका बिहानैदेखि सुरु गरेका छन् । मंगलबार रातिदेखि सुरक्षाको व्यवस्था लिएर सडकमा उत्रेको सेना सडकबाट फिर्ता भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*