हेटौंडाका एक दर्जन सरकारी कार्यालयमा आगजनीे, प्रदेशको संसद र मन्त्रालयहरुमा खोजीखोजी आगजनी

जनपत्र
२४ भाद्र २०८२, मंगलवार १९:२४

हेटौंडा । जेन–जी आन्दोलनको दोस्रो दिन आज हेटौंडाका एक दर्जन सरकारी कार्यालयमा आगजनीे गरिएको छ । बागमती प्रदेशको संसद र मन्त्रालयहरुमा खोजीखोजी आगजनी गरिएको छ । आगजनीबाट अहिले पनि सरकारी कार्यालय र प्रदेशका मन्त्रालयहरु जलिरहेका छन् ।

हेटौंडाको टिसिएन रोडमा रहेको बागमती प्रदेशको संसद भवन, हेटौंडाको चौकिटोलमा रहेका मन्त्रालयहरु अन्य मन्त्रालयहरुमा पनि आगजनी गरिएको छ । हेटौंडाका सबैजसो सरकारी संयन्त्र आन्दोलनकारीहरुले कब्जामा लिएर आगजनी गरेका हुन् ।

आन्दोलनमा उत्रिएका सबैजसोले सबै धेरै निसानामा हेटौंडा उपमहानगरपालिका कार्यालय राखेका थिए । पटक पटक आक्रमण प्रयास गरेर पछी उपमहानगरपालिका कार्यालयमा आगजनी गरिएको हो ।

यसैगरी उच्च अदालत पाटन हेटौंडा इजलास, अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय, संघीय लोक सेवा आयोगको हेटौंडामा रहेको कार्यालय, ४ नम्बर वडा कार्यालय नेताका घरहरुमा समेत आगजनी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*