हेटौंडाका ठाउँ ठाउँमा जेन–जिका अभिभावकको आन्दोलन, प्रहरीलाई सास्ती

जनपत्र
२४ भाद्र २०८२, मंगलवार ११:०३

हेटौंडा । हेटौंडाका ठाउँ ठाउँमा जेन–जिका अभिभावकको आन्दोलन भइरहेको छ । यो आन्दोलनले प्रहरीलाई सास्ती परेको छ । जेएन–जि आन्दोलनका क्रममा हेटौंडाका विभिन्न ठाउँमा आज बिहानदेखि अभिभावकले प्रदर्शन गरेका छन् । आफ्ना सन्तानको मृत्यु र घाइते भएका घटनामा सरकारको राजिनामाको माग गर्दै आक्रोशित अभिभावक र आफन्तजनले नाराबाजी गर्दै सडकमा उत्रिएका हुन् ।

हेटौंडा उपमहानगरको बसपार्क, बजार क्षेत्र, बुद्धचोक, चौकी टोल, ट्राफिक चोकलगायतका स्थानमा अभिभावक तथा स्थानीयले सरकारविरुद्ध नाराबाजी गरेका छन् । आन्दोलनकारीले नाति पुस्तालाई गोली हान्ने सरकार मुर्दावादू, रगतको हिसाब देू, दोषीलाई कारबाही गर भन्ने जस्ता नारासहित जुलुस निकालेका छन् ।

सडकमा एकाएक ठूलो संख्यामा अभिभावक र स्थानीय प्रदर्शनमा उत्रिएपछि हेटौंडाको बजार क्षेत्रमा बिहानैदेखि सुरक्षा चुनौती बढेको छ । प्रहरीले शान्ति सुरक्षा कायम गर्न बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ ।

यद्यपि, जुलुस र नाराबाजीका कारण हेटौंडाको केही स्थानमा सवारीसाधन सञ्चालनमा समस्या भएको छ भने प्रहरीलाई नियन्त्रणमा लिन कठिनाइ भएको बताइएको छ ।

प्रहरीका अनुसार अभिभावकलाई सम्झाउने प्रयास भइरहेको छ तर आन्दोलन तीव्र हुँदा स्थिति सहज बनाउन थप सुरक्षा बल पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*