हेटाँडामा पनि जेन जी पुस्ताको प्रदर्शन

जनपत्र
२३ भाद्र २०८२, सोमबार १७:३१

हेटाँडा । हेटाँडामा पनि जेन जी पुस्ताको ठुलै प्रदर्शन भएको छ । हेटौंडाको नगरपालिकारोडबाट निस्किएको र्यालीले हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेका हुन् । जेन जी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताले आज हेटौँडामा पनि प्रदर्शन गरेका हुन् । बिहान १० बजेदेखि जम्मा भएर प्रदर्शन गरेका थिए ।

विभिन्न व्यक्ति र समूहहरुले समेत ऐक्यबद्धता जनाएका कारण प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने भन्दै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको थियो । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ताले प्रदर्शन गर्न लागेका हुन् । उनीहरुले भ्रष्टाचार अन्त्यसहितका विषयलाई मुख्य नारा बनाएका छन् ।

युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठूलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*