मकवानपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु

जनपत्र
२१ भाद्र २०८२, शनिबार १०:५८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ कमेरो पानीमा चट्याङ लागी एक व्यक्तिको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो करिब १ बजे धन बहादुर स्याङतानले सञ्चालन गरेको किराना पसल अगाडि अचानक परेको चट्याङ लाग्दा हेटौंडा–१६ सानो आकाशधारा घर भई हाल जिल्ला बारा, निजगढ नगरपालिका–१३ बस्ने ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमाण्डमा टोली खटिएर मुचुल्का उठाउने कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*