मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

जनपत्र
१५ भाद्र २०८२, आईतवार १६:४४

हेटौंडा / मकवानपुरको दुईु भिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गणेशमान सिंह सडक खण्ड अन्तर्गत थाहा नगरपालिका–१०, टौखेलमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालकको मृत्यु  भएको छ ।

थाहा नगरपालिका–१० विसिङखेलबाट टौखेलतर्फ आइरहेको बा.प्र.६६ प २३५२ नं.मोटरसाइकल तरकारी लोड गर्न रोकी राखिएको ना.७ ख ४२७६ नं.को ट्रकमा ठोक्किएर टौखेलका ३२ वर्षीय अमिर गोपालीको उपचारको क्रममा मृत्यु भएको हो ।

काभ्रेको विग केयर अस्पतालमा उपचारको क्रममा शनिबार राति गोपालीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । यसैगरी मकवानपुरको बकैया गाउँपालिका–६ खोपिल्टोगाउँमा ट्याक्टरले किचेर ट्याक्टर चालकको मृत्यु भएको छ ।

बाराको निजगढ नगरपालिका–१२ का ट्याक्टर चालक ३३ वर्षीय बुद्धिलाल थिङको ना ६ त ८९९९ नम्बरको ट्याक्टरले थिचेर मृत्यु भएको हो । रामबहादुर ब्लोनको खेत ट्याक्टरले जोत्ने क्रममा ट्याक्टर चालकसहित कान्लाबाट पल्टेर चालक थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । ट्याक्टरले किचेर थिङको घटनास्थलमा नै मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*