राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरद्वारा हेल्थ डेस्क संचालन

जनपत्र
१० भाद्र २०८२, मंगलवार १८:५८

हेटौंडा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरले हरितालिका तीजको अवसरमा मंगलबार हेटौंडा ४ स्थित पशुपति मन्दिर परिसरमा हेल्थ डेस्क संचालन गरेको छ। तीजको ब्रत बसेर पूजाआजा गर्ने महिला दिदीबहिनीहरूलाई लक्षित गरी राखिएको यस हेल्थ डेस्कमा निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण सेवा प्रदान गरिएको हो।

बिहान ७-३० बजेबाट सुरु भई दिउँसो २ बजेसम्म निरन्तर संचालन गरिएको हेल्थ डेस्कमा सुगर परीक्षण, रक्तचाप जाँच, र आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको थियो। ब्रतको दिन खाली पेट बस्दा हुने स्वास्थ्य समस्या र असहजतालाई मध्यनजर गर्दै महासंघले हेल्थ डेस्क संचालन गरेको हो ।
कार्यक्रमका क्रममा जम्मा २६७ जनाले सेवा लिएको महासंघले जनाएको छ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरका अध्यक्ष उत्सब चौलागाईंले तीजको अवसरमा विशेष गरी ब्रत बस्ने महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै हरेक वर्ष यस्तो हेल्थ डेस्क सञ्चालन गर्दै आएको बताए।

हेल्थ डेस्कमा बागमती प्रदेश सचिव सुशिल आचार्य, जिल्ला उपाध्यक्ष लक्ष्मी पौडेल र सानी मोक्तान, हेटौंडा नगर अध्यक्ष कुसुम श्रेष्ठ लगायत अन्य स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*