इन्द्रसरोवरमा अवरुद्ध सडक पाँचौ दिनमा सञ्चालनमा

जनपत्र
४ भाद्र २०८२, बुधबार ०९:१५

हेटौंडा । हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग अन्तरगत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ ज्यामिरेमा पहिरोका कारण अवरुद्ध भएको सडक बल्ल आज बिहानबाट सचालनमा आएको छ ।

बितेको साउन ३१ गते सुख्खा पहिरोका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरे स्थित दक्षिणकाली–सिस्नेरी फर्पिङ जाने सडक खण्डमा माटो, ढुङगाको सुख्खा पहिरो खसेर बाटो अवरोध भएको थियो । पहिरोलाई लगातार पन्छाउने कामपछी आज बिहानबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*