मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु ७ जना घाइते
हेटौंडा । मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । अरु ७ जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ हाङलाङ स्थित पाल बहादुर घलानको घरमा किरियाको कामकाजको सहजताको लागि आएको सोही स्थान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अरु ७ जना घाइते भएका छन् ।
दैलीडाँडा बस्ने ४२ वर्षिय बिसाल ब्लोनलाई चट्याङ लागी घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
चट्याङ लागेर अरु ७ जना घाइते भएका छन् ।






