त्रिभुवन राजपथको भैंसे–सिमभञ्ज्याङ सडक खण्डमा पहिरोले यातायात ठप्प, ठूलो ढुङ्गा हटाउन ब्रेकर प्रयोग हुँदै

जनपत्र
३२ श्रावण २०८२, शनिबार ०८:२७

हेटौंडा— त्रिभुवन राजपथअन्तर्गत भैंसे–सिमभञ्ज्याङ सडक खण्ड शनिबार बिहानैदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिका–९ लामिडाँडास्थित सडकमा माथिबाट ढुङ्गासहित रुखहरू खसेपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक अवरुद्ध भएपछि प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी सडक खुलाउने प्रयास तीव्र पारेको जनाएको छ । प्रहरीले दुईवटा डोजर परिचालन गरे पनि पहिरोले ल्याएको ठूला ढुङ्गा नहटाउन सकिएपछि ब्रेकर प्रयोग गर्नु पर्ने अवस्था आएको बताएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार ढुङ्गा फुटाउन ब्रेकर ल्याउने कार्य भइरहेको र सडक पुनः सुचारु गर्न केही समय लाग्न सक्ने छ । पहिरो खसेको स्थान प्रहरी चौकी भैंसे मकवानपुरबाट करिब २२ किमी पश्चिम–उत्तरतर्फ पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*