१२ करोडको लागतमा बन्यो बागमती प्रदेश सभाको नयाँ भवन, सभामुखद्वारा उद्घाटन्

जनपत्र
२८ श्रावण २०८२, मंगलवार १९:०९

हेटौंडा — बागमती प्रदेशसभाको ‍नयाँ भवनमा मंगलबा प्रदेश सभा बैठक सुरु जारी छ । करिब ५ वर्षको अवधि लगाएर निर्माण गरिएको प्रदेशसभाको प्रि–फ्याब भवनको बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले मंगलबार एक समारोहबीच उद्घाटन गरेका थिए ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा निर्माण गरिएको उक्त भवनको साँचो भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेश चन्द्र देवकोटाले बागमती प्रदेशका सभामुख पाठकलाई हस्तान्तरण गरेका थिए । साँचो हस्तान्तरणपश्चात् सभामुखले प्रदेश सभा भवन उद्घाटन गरेका थिए । १८ महिनामा सम्पन्न गर्नुपर्ने उक्त भवन निर्माण व्यवसायीको ढिलाइका कारण निर्माण सम्पन्न हुन ५ वर्ष लागेको हो । दुई चरणमा ठेक्का लगाएर उक्त भवनको काम सकिएको थियो ।

२०७७ साल मंसिर १० गते शिलान्यास गरिएको २५० जना अट्ने उक्त सभा हल ईपीएस स्यान्डबीच प्रविधिबाट निर्माण हुने गरी सहरी विकास तथा भवन कार्यालय हेटौंडाले २०७७ कात्तिकमा ठेक्का आह्वान गरेको थियो । अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले १८ महिनामा काम सक्ने भने पनि ५ वर्षमा तयार पारेको हो । सम्झौता अनुसार निर्माण कम्पनीले २०७९ वैशाख २१ गतेभित्र सभा हल बनाइ सक्नुपर्ने थियो ।

हेटौंडा उपमहानगरपालिका—१० मा निर्माण गरिएको उक्त प्रदेश सभा भवन १२ करोडको २९ लाखको लागतमा तयार भएको हो । उक्त भवन तयार नहुँदा क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको थियो । हालसम्म सोही भवनबाट प्रदेशसभाको काम कारबाही सञ्चालन भइरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*