सुनखानीमा सुन निकाल्ने दुर्घटनामा मारिएपछि परिवारसँग गाड्न पैसा भएन

सुनखानीमा सुन झिक्नेसँग कति रकम होला रु बहुमूल्य धातु सुनको खानीमा बसेर सुन झिक्नेसँग मरेपछि गाँड्न समेत खर्च नहोला भन्ने कस्ले सोचेको होला ? तर, कंगोमा त्यस्तै स्थिति छ । सुन र हीरा खानीको देश भइकन कंगो गृहयुद्धको चपेटामा परेको छ । सुनखानीमा विदेशी कम्पनिले सुन झिक्छन् । त्यहाँका स्थानीयले सुन झिक्नुलाई अवैध मानिन्छ । जब अवैध तरिकाले सुन निकाल्न जान्छन् तब दुर्घटनाबाट मरेका घटना आइरहन्छन् ।
बुधबार कंगोमा अवैध सुन झिक्न गएकामध्ये २२ जनाको सुनखानीमा पुरिएर मृत्यु भएको छ । उनीहरुमध्ये कतिपयको शवलाई गाड्न समेत रकम नभएपछि त्यहाँको सरकारले सहयोग गर्ने भएको छ । घाइतेको उपचार खर्च व्यहोर्ने जनाए ।
कंगोको कम्पेनी शहरमा संचालित गैरकानुनी सुनखानीमा दुर्घटना भएको हो । हजारौं स्थानीय अवैध तरिकाले सुन झिक्छन् । उनीहरुको जिविकोपाजर्नको माध्यम नै अवैध सुनखानीमा सुन झिक्नु रहेको छ ।(एजेन्सीको सहयोगमा