बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार : तीन जना मन्त्रीको नियुक्ति, आजै सपथ

जनपत्र
१५ श्रावण २०८२, बुधबार ०८:४४

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रियालाई अघि बढाउँदै आज तीन जना नयाँ मन्त्री नियुक्त गरेका छन्। यससँगै अपूरो रहेको मन्त्रिपरिषद् विस्तार हुने संकेत देखिएको छ।

मुख्यमन्त्री लामाले नेपाली कांग्रेसबाट राजीनामा दिएका पाँच जना मन्त्रीहरूमध्ये तीन वटा मन्त्रालयमा नयाँ अनुहारलाई जिम्मेवारी दिएको जनपत्र डटकम संगको कुराकानीमा बताए । उनका अनुसार गोबिन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। लम्सालको नियुक्तिलाई दलभित्रको सन्तुलन मिलाउने रणनीतिक कदमको रूपमा पनि हेरिएको छ।

त्यस्तै, प्रदेश सभा सदस्य माया श्रेष्ठ र गिता गुरुङलाई पनि मन्त्री नियुक्त गरिएको छ। यद्यपि उनीहरूले कुन–कुन मन्त्रालय सम्हाल्ने भन्ने विषय भने औपचारिक रूपमा तोकिएको छैन। मुख्यमन्त्रीको सचिवालयले भने मन्त्रालयको जिम्मेवारी पनि चाँडै तोकिने जनाएको छ। नवनियुक्त तीनै जना मन्त्रीहरूको सपथग्रहण समारोह आज नै सम्पन्न हुने तयारी गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*