हेटौंडामा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पाँचौ वार्षिकोत्सब मनाइयो

जनपत्र
१४ असार २०८२, शनिबार २०:०२

हेटौंडा । हेटौंडामा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पाँचौ वार्षिकोत्सब मनाइएको छ । वार्षिकोत्सबको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले यस प्रतिष्ठानले स्वाथ्यक्षेत्रमा निकै फड्को मारेको बताए । यस प्रतिष्ठानको स्वास्थ्य सेवा अझै बृद्धी गरिदै लैजाने उनले बताए ।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, बागमती प्रदेशसभाका सदस्य एका लाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर प्रदिप ज्ञवालीले प्रतिष्ठानले बिगत देखि अहिले सम्म गरेको काम र अब गर्ने कामका विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका निबर्तमान उपकुलपति प्राध्यापक डाक्टर बिश्वराज जोशी, निवर्तमान रजिष्टार राजेश प्रसाई लगायतकालाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*