मकवानपुरका कुन् स्थानीय तहको बजेट कती ? के छन् नयाँ कार्यक्रम ?

जनपत्र
१० असार २०८२, मंगलवार १९:१३

हेटौंडा । मकवानपुरका सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । केही स्थानीय तहले यस अघिनै बजेट ल्याएका छन् भने हेटौंडा उपमहानगरपालिका सहित अरु स्थानीय तहले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

हेटौंडा उपमहानगरपालिको बजेट आगमी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड

हेटौंडा उपमहानगरपालिकाले आगमी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजार रुपैया“ बजेट विनियोजन गरेको छ ।

जुन चालु आर्थिकवर्षकोभन्दा करिब ७ करोड रुपैया“ बढी हो । उपप्रमुख राजेश बानिया“ले मंगलबार १७ औं नगरसभामा पेश गरेको बजेटको खर्च व्यहोर्ने स्रोततर्फ संघीय सरकारबाट प्राप्त हुने अनुदान १ अर्ब १९ करोड ५० लाख, आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार, राजस्व बा“डफा“टबाट ९२ करोड ७० लाख ५५ हजार, प्रदेश सरकारबाट विभिन्न अनुदानबाट प्राप्त हुने ११ करोड, ४५ लाख ७५ हजार तथा नगर विकास कोषबाट ऋण ३ करोड ६० लाख रुपैया“ अनुमान गरिएको छ ।

उपमहानगरले नगरस्तरीय पूर्वाधार विकासतर्फ ६२ करोड ३९ लाख ४१ हजार, वडास्तरीय योजन ातथा कार्यक्रमका लागि ३२ करोड २५ लाख ६२ हजार रुपैया“ विनियोजन गरेको छ । आर्थिक विकासतर्फ ४ करोड ६९ लाख ७ हजार रुपैया“, शिक्षातर्फ ५ करोड ५१ लाख, स्वास्थ्यतर्फ २ करोड ७८ लाख, युवा तथा खेलकुद विकासतर्फ २ करोड ५५ लाख रुपैया“ विनियोजन गरिएको उपप्रमुख बानिया“ले जानकारी दिए ।

वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६ करोड ५० लाख २० हजार रुपैया“ तथा संस्थागत विकासतर्फ ६३ करोड ५४ लाख ९० हजार रुपैया“ विनियोजन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन नीति अवलम्बन गरेको छ । केहीवर्ष अगाडिसम्म ‘दुई सन्तान इश्वरको बरदान’ भन्ने नारा अवलम्बन गरेको बागमती प्रदेशको एकमात्र उपमहानगरले आगामी आर्थिक वर्ष २०८२/०८३ बाट तेस्रो सन्तान जन्मलाई प्रोत्सहन गर्ने नीति अवलम्न गरेको हो । हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामाले मंगलबार १७ औं नगरसभामा पेश गरेको नीति तथा कार्यक्रमको ९३ औं बु“दामा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्न कोष खडा गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

भीमफेदी गाउँपालिकाको बजेट ९० करोड

भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गरेको छ । पालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष संजीव श्रेष्ठले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक वर्षमा ८५ करोड ४५ लाख ८७ हजार ९ सय ९८ रुपैयाँ २० पैसाको बजेट प्रस्तुत गरेको गाउँपालिकाले यस पटक ९० करोड ६ लाखको बजेट ल्याएको छ ।आज प्रस्तुत भएको नीति तथा कार्यक्रमले समग्र भीमफेदी गाउँपालिकालाई विकसित बनाउन महत्वपूर्ण योगदान पुर्याउने अध्यक्ष हिदम लामाले बताए ।

राक्सिराङ गाउँपालिकाको बजेट ६३ करोड ५२ लाख

चेपाङ बहुल राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार २ सय ८९ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन्, जुन चालु आर्थिक वर्षको तुलनामा करिब ९ करोड रुपैयाँ बढी हो । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान स् १० करोड २५ लाख सर्तसहितको अनुदान स् २० करोड ६१ लाख उल्लेख छ ।

कैलाशको बजेट ५३ करोड ८६ लाख

मकवानपुरको कैलाश गाउँपालिकाले १६ औं गाउँसभाको अधिवेसनले नीति तथा कार्यक्रम ल्याएसँगै ५३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा मंगलबार भएको गाउँसभाले गाउँपालिकाको मुख्य नारालाई आत्मसात् गर्दै नीति तथा कार्यक्रम ल्याइएको छ । अध्यक्ष मुक्तानले पुजीँ, प्रविधि, सीप र अनुभवलाई स्थानीयस्तरमा उपयोग गर्ने उद्देश्यले युवाहरुलाई लक्षित कृषि कार्यमा उत्प्रेरित गराइने बताए । खानेपानीको एक घर एक धारा नीतिलाई प्राथमिकता दिनुका साथै एक घर एक शौचालय निर्माण गरिने बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*