आयो पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ ट्रेलर (भिडियो)

जनपत्र
१६ आश्विन २०७६, बिहीबार ०६:२०

ट्रेलरमार्फत् फिल्मका कलाकारहरुको चरित्र चित्रण गरिएको छ । फिल्ममा अभिनेत्री पूजाको नाम पूजा शर्मा नै छ । उनलाई आफू निकै राम्री रहेको घमण्ड छ । काले वर्णको युवक पिटिक्कै मनपराउँदिनन् । सौगातले भने कालो वर्णको एक युवकको भूमिकामा निभाएका छन् । उनी पूजालाई मनपराउँछन् । अभिनेता आकाश श्रेष्ठलाई नयाँ–नयाँ युवतीसँग रोमान्स गर्ने पात्रको रुपमा चित्रण गरिएको छ ।
अभिनेत्री श्रृष्टि श्रेष्ठले पूजाको साथीको भूमिका निभाएकी छन् । उनलाई आकाशले मनपराउँछन् । तर, ट्रेलरको अन्तिम दृश्यले फिल्ममा को कसको जोडी रु भन्ने कन्फ्यूज बनाउँछ । यो फिल्ममा सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ । शिव ढकालले फिल्म खिचेका हुन् भने कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । फिल्मका लेखक तथा निर्देशक शिशिर राणा हुन् । उनले यसअघि फिल्म ‘तिमीसँग’ को क्याप्टेनसिप सम्हालेका थिए । तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्ममा लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत छ । फिल्मको यसअघि शिर्ष गीत सार्वजनिक भइसकेको छ ।

ट्रेलर हेर्नुहोस् :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*