कमला गैरे पिराती लाईहालौ जस्तो भयो भन्दै ‘सुन्तला’ लिएर बजारमा (भिडियो सहित)

बढ्दो लोक गीतको प्रेम अनि पछिल्लो समयमा उत्कृष्ट शब्द र लयमा लोक दोहोरी गीतहरु बजारमा निकै आएको र सबै खाले दर्शकको मन जित्न सफल भएको छ । यसै बिच चर्चित गायिका कमला गैरेको उत्कृष्ट लय र शब्दमा “सुन्तला ” बजारमा आएको छ ।
अहिले बजारमा दशैंका गीतहरु आइरहेको बेलामा त्यही भिडमा नयाँ मिठास को रुपमा गरैको “सुन्तला ” सार्बजनिक भएको छ । चर्चित लोक दोहोरी गायक तेजश रेग्मीको लय तथा शब्दले सजिएको उक्त गीतमा कमला गैरे र तेजश रेग्मीकै अवाज रहेको छ ।
मौसम हिमालीको निर्देशनमा निर्माण गरिएको उक्त गीतको भिडियोमा चर्चित गायक तथा मोडल राम्जी खाँड, रबिना मिजार र बिन्दु सुन्धौलीको दम्दार अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस :