बागमती प्रदेशसभाको बैठक सुरू, बजेट प्रस्तुत गरिदै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरू भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यक्रम सार्वजनिक गर्न आह्वान गरिएको बैठक सुरु भएको हो ।
दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बजेट सूचना प्रणालीमा प्राविधिक विषयहरु मिलाउन नसक्दा ढिलाई भएको हो । जसका कारण प्रदेशसभाको बैठक २ पटक सम्म सारिएको थियो ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशतसम्म वृद्धि गरि बजेटको आकार तयार गरिएको जनाइएको छ ।