वास्ता नगरी झुण्ड्याइरहेको एक तस्वीरले बनायो यी महिलालाई करोडपति

फ्रान्सको कोम्पेनियन शहरमा बस्ने फिलोमेन वुल्फ नामक महिलाको घरको भान्सामा एउटा चित्र टांगिएको छ । फिलोमेनका अनुसार, उनको परिवारले उक्त चित्र धार्मिक आस्थाका कारण राखेको थियो । उनले उक्त चित्र सामान्य ठानेकी थिइन् । तर त्यस चित्रको मूल्य करौडौं रुपैयाँ रहेछ ।
फिलोमेनले घर बेच्न लाग्दा पो चित्रको मूल्य थाहा पाइन् । सन् १९६० मा बनेको घरमा सामानको मूल्य थाहा पाउन लिलामी विशेषज्ञहरूलाई बोलाइयो । विशेषज्ञहरूले यो चित्र १३औं शताब्दीको भएको बताए ।
चित्रको मूल्य ५० करोडदेखि ७४ करोडसम्म पर्न सक्छ । चित्रको लम्बाइ २६ सेन्टीमिटर र चौडाइ २० सेन्टीमिटर छ । यसलाई सन् १२८० मा बनाइएको थियो । इटालीका प्रसिद्ध चित्रकार चिमाबुएले यसलाई बनाएको बताइएको छ ।
एजेन्सीको सहयोगमा