फ्लोरबाटै २५ लाखमा बिक्यो ‘सेल्फी किङ’

जनपत्र
१५ आश्विन २०७६, बुधबार ०५:५०

‘जात्रै जात्रा’ पछि पर्दामा फर्किन लागेका अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को अहिले धमाधम छायांकन भइरहेको छ । यसबीच, फिल्मको अष्ट्रेलिया राइट्स निकै महँगो मुल्यमा बिक्री भएको छ । विदेशमा उच्च माग रहेको यो फिल्मको अष्ट्रेलियामा ‘प्रसाद’ प्रदर्शन गरेको गोर्खे इन्टरटेनमेण्टले २५ लाखमा प्रदर्शन अधिकार खरिद गरेको हो ।

यस्तै, युरोप, अमेरिका, जापान, कोरिया, साउदी, दुबई, हङकङ, मलेसियालगायतका देशबाट पनि फिल्मको प्रदर्शन राइट्स खरिदको प्रस्ताव आएको निर्माता सुवास थापाले बताएका छन् । जसमध्ये अधिकांश देशमा ‘प्रसाद’ का वितरकहरु नै ‘सेल्फी किङ’ खरिद गर्नका लागि इच्छुक देखिएका छन् । ‘प्रसाद’ ले नेपालसँगै विदेशमा राम्रो कमाएको थियो ।

निर्माता थापाका अनुसार, केही दिनमै अन्य देशका वितरकसँग ‘सेल्फी किङ’ को प्रदर्शनको लागि सम्झौता हुनेछ । उनले निर्देशक दिनेश राउतसँग सहकार्य गरेर यो फिल्म बनाउन लागेका हुन् । ड्रामा र कमेडी जनरामा बन्ने फिल्मले एक चर्चित हाँस्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*