मकवानपुरका दस पालिकालाई एक अर्ब २३ करोड बढी राजस्व बाँडफाँड अनुदान

जनपत्र
२८ चैत्र २०८१, शुक्रबार ०७:१९

मकवानपुर । सङ्घीय सरकारमार्फत् मकवानपुर जिल्लाको दस पालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि १ अर्ब २३ करोड २२ लाख रुपियाँ राजस्व बाँडफाँडबाट अनुदान पाउने भएका छन् ।

गत १८ चैतमा बसेको मन्त्रीपरिषदको बैठकल २०८२-८३ देखि २०८६-८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको हो ।

मकवानपुरको दस वटा पालिकामध्ये सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाले २२ करोड ८५ लाख राजस्व रकम पाउने भएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले ६ करोड ७५ लाख पाउने भएको छ ।

त्यस्तै मकवानपुरको कैलाश गाउँपालिकाले ९ करोड ६७ लाख, थाहा नगरपालिकाले १० करोड ७० लाख, मनहरी गाउँपालिकाले १३ करोड ७६ लाख रुपियाँ, राक्सिराङ गाउँपालिकाले १० करोड ६१ लाख, पाउने भएको छ ।

यता भीमफेदी गाउँपालिकाले ९ करोड ८९ लाख, बकैया गाउँपालिकाले १५ करोड ५५ लाख र बागमती गाउँपालिकाले १४ करोड ६ लाख रुपियाँ बजेट पाउने भएका छन् ।

त्यस्तै मकवानपुरगढी गाउँपालिकाले ९ करोड ३८ लाख रुपियाँ पाउने भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले उल्लेख गरेको छ । आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तह दुवैमा समान ७८ अर्ब ८ करोड ५० लाख रुपियाँ बजेट बाँडफाँड हुनेछ । जुन १ खर्ब ५६ अर्ब रुपियाँ हुन आउँछ ।

सङ्घीय सरकारले उठाउने राजस्वमध्ये आन्तरिक लाग्ने मूल्य अभिवृद्धि कर र अन्य शुल्कबाट उठेको रकम बाँडफाँड गरिन्छ । यसको ७० प्रतिशत हिस्सा संघले राख्दछ । त्यस्तै बाँकी ३० प्रतिशत भने प्रदेश र स्थानीय तहमा १५, १५ प्रतिशतका दरले बाँडफाँड गरिन्छ  ।

सोहि आधारमा आगामी आर्थिक वर्षमा सरकारले अनुमानित राजस्वबाट शुत्रका आधारमा प्रदेश सरकार र सबै स्थानीय तहले पाउने रकम सार्वजनिक गरेको हो । त्यस्तै बागमती प्रदेश सरकारले ८ अर्ब २८ करोड ५४ लाख रुपियाँ वित्तीय समानीकरण अनुदान पाउने छ । जसमध्ये न्यूनतम २ अर्ब ७१ करोड ६५ लाख, शुत्रमा आधारित ५ अर्ब २१ करोड ९ लाख र कार्य सम्पादनमा आधारित अनुदान ३५ करोड ८० लाख रुपियाँ छ  । गोर्खापत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*