हेटौंडाबाट लागूऔषध खैरो हेरोईनसहित ३ जना पक्राउ

जनपत्र
२५ फाल्गुन २०८१, आईतवार १८:४०

हेटौंडा । हेटौंडाबाट लागूऔषध खैरो हेरोईनसहित ३ जना पक्राउ परेका छन् । लागूऔषध कारोवर गरीरहेका छन् भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला हेटौडा १० स्थित आनन्द टोलमा लागूऔषध खैरोहेरोइन सहित तीन जनालाई पक्राउ गरेको हो ।

उनीहरु सोही स्थानमा कोठा भाडामा लिई बस्ने २२ वर्षकी बिबिका लामा, १७ वसर्षय नाबालक र १५ वर्षिय नाबालिकालाइ शंका लागि चेक गर्दा शरीर तथा कोठा समेतको खानतलासी गर्ने क्रममा उनीहरु बस्ने कोठा भित्र लुकाई छिपाई गरी राखिएको अवस्थामा २ ग्राम ६४० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*