ओलीपछि भारतमा मोदीले पनि खुल्ला दिसामुक्त मुलुक घोषणा गर्दै

ुस्वच्छ भारतु अभियान चलाएका भारतीय प्रधानमन्त्री नरेन्द मोदी भारतमा खुल्ला दिसा अन्त्य भएको घोषणा गर्ने तयारीमा छन्। उनले खुल्ला दिसामुक्त मुलुक घोषणा गर्ने तयारी गरिरहँदा भारतमा उनको ‘स्वच्छ भारत’ अभियानले हिंसा र उत्पीडनलाई बढावा दिएको आरोप लगाइएको द गार्डियनले लेखेको छ।
भारत सरकारका अनुसार प्रधानमन्त्री मोदीले आफ्नो गृह प्रदेश गुजरातबाट एक कार्यक्रममार्फत आगामी बुधवार खुल्ला दिसामुक्त मुलुक घोषणा गर्दैछन्। सो कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिनिधि तथा २० हजार गाउँ प्रमुखहरु उपस्थित हुने बताइएको छ।
मोदीले ुस्वच्छ भारतु अभियान सफल भएको दाबी गरिरहँदा त्यसले हिंसा र उत्पीडनलाई बढावा दिएको वास्तविकतालाई भने लुकाउने प्रयास भएको कुरा पनि उठिरहेको छ। गतहप्ता मात्रै दुई कथित तल्लो जातका बालबालिकालाई खुल्ला दिसा गरेकै आरोपमा हत्या गरिएको थियो।
ुस्वच्छ भारतु अभियान सन् २०१४ मा सुरुवात गरिएको थियो। ५ वर्षको यो अवधिमा १० करोडभन्दा बढी शौचालय निर्माण गर्ने योजना पनि अघि सारिएको थियो। ुस्वच्छ भारतुको प्रचारप्रसार अभियानमा राजनीतिज्ञ र बलिउड स्टारहरुको पनि सहभागिता रहेको थियो। यो अभियान अन्तर्गत ग्रामीण भेगका स्कुले बालबालिकाले पनि खुल्ला दिसामुक्तको फाइदाबारे गीत गाउँदै र्याली गरेका थिए। सरकारी तथा अन्य तहबाट भएका अध्ययनले पनि भारत खुल्ला दिसामुक्त भएको देखाएका छन्।
तर सो अभियानको केही सरकारी कर्मचारी, स्वयंसेवक तथा भिजिलान्तेहरुले भने आलोचना पनि गरिरहेका छन्। अघिल्लो वर्षको अप्रिलमा खुल्ला दिसामुक्त घोषणा गरिएको एउटा गाउँमा खुल्ला स्थानमा दिसा गरेका कारण एक १२ वर्षीया बालिका र १० वर्षीय बालकको हत्या भएको एक भारतीय टेलिभिजन च्यानलले बताएको छ।