सहकारी क्षेत्र निकै सवल बने –मेयर महत

जनपत्र
१३ आश्विन २०७६, सोमबार १७:२४

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हबिरहादुर महतले आर्थिक रुपमा सहकारी क्षेत्र निकै सवल बनेको वताउनुभएको छ । सहकारीमा आम सेयर सदस्यहरुले जम्मा गरेको रकम पारदर्सी रुपमा राखिनुपर्ने वताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडाका सहकारीहरुको लागि दिइएको तालिमको उद्घाटन्का अवसरमा बोल्दै मेयर महतले सहकारीले अव उत्पादन क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभयो । तालिम लिनु मात्र भन्दा पनि कार्यान्वयन गर्नुपर्ने वताउनुभयो ।

कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत भगवान अर्याल, जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी, जिल्ला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधा सिंतान, उपमहानगरपालिकाका रामकृष्ण थापा लगायतकाको आतिथ्यता रहेको थियो ।

३० जनाको सहभागिता रहेको रहेको तालिममा अमोद पुणासैनीले सहजीकरण गर्नुभएको थियो ।
यसैगरी हेटौंडामा आज मकवानपुरका विभिन्न बचत तथा ऋण सहकारीका व्यवस्थापक तथा संचालक समितिका प्रतिनिधिलाई संरक्षित पुँजी फिर्ता कोष र सम्पती शुद्धिकरण निवारण बारे एक दिने अनुशिक्षण कार्यक्रम भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्कुन०को मकवानपुर फिल्ड कार्यालयको आयोजनामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राधा सिन्तानको प्रमुख अतिथ्यता रहेको थियो । सहकारी ऐन २०७४ को परिच्छेद (१०, दफा(६९ ले संरक्षित पुँजी फिर्ता कोषको अनिवार्य व्यवस्था गरेको छ र सहकारी नियमावली २०७५ को परिच्छेद( ६ को नियम( २५को व्यवस्थाले संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धी व्यवस्था बारे नेफ्स्कुनका वरिष्ठ अधिकृत तथा प्रशिक्षक केशब प्रसाद दाहालले अनुशिक्षण कार्यक्रममा जानकारी गराएका थिए ।

कार्यक्रममा नेफ्स्कुन मकवानपुर फिल्ड उपसमितिका सदस्य राजु गौतम, विरेन्द्र प्रसाद ढुङ्गाना, विजय बहादुर बस्नेत, इन्र्चाज ज्योती महत लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम उपसमिति सदस्य कल्पना श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*