मकवानपुरबाट चालकको जिम्मामा तस्करले यतीका धेरै गाँजा कहाँ निकासी गर्दैछन् ?

जनपत्र
१९ मंसिर २०८१, बुधबार ०७:३७

हेटौंडा । मकवानपुर र धादिङमा उत्पादन भएको यतीका धेरै गाँजा तस्करले कहाँ कसरी निकासी गर्दैछन् ? भन्ने प्रश्न उठ्न थालेको छ ।

बिशेषगरी गाडीमा हालेर भारत निकासी गर्न लागिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा बरामद गर्दै आएको छ । तर, चालक मात्रको जिम्मामा तस्करहरुले यतीका धेरै गाँजा भारत निकासी गर्न लागिएपनि कहाँ र कसको सेटिङमा लैजादै छ भन्ने कुरा अन्यौलमा परेको छ ।

लागूऔषध गाँजा सहित पक्राउ परेका व्यक्ति चालक र उनका सहयोगि मात्र हुने गरेका र तस्करको नेटवर्क पत्ता लगाउनका लागि समस्या भएको डिएसपी अर्यालले बताए । मकवानपुर र धादिङमा जतीनै धेरै गाँजा फडानी गरिएपनि तयारी अवस्थाको गाँजा निकासी हुनेक्रम भने रोकिएको छैन ।

हिजो मात्र हेटौंडाबाट १११ किलो लागू औषध गाँजा सहित १ जना भारतिय नागरिक पक्राउ गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ तिनताप्के स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजांच गर्ने क्रममा प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको हो ।

मनहरी तर्फबाट बिरगन्ज तर्फ जादै गरेको बा १० च ५३३ नंम्बरको योद्धा पिकअप गाडी र गाडी चालक भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षिय महोमद समिरलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।

गाडीको ढालामा बालुवा र मलले छोपि लुकई छिपाई गरी ल्याईएको अवस्थामा लागू औषध गाँजा १११ किलो फेला परेको हुंदा उक्त गाँजा, पिकअप गाडी र चालक महोमद समिरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ । गाडीका चालक पक्राउ परेपनि यसका तस्कर भने पक्राउ परेका छैनन् ।
यसैगरी मंसिर १२ गते मकवानपुरस्थित त्रिभुवन राजपथको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट १ सय ६० किलो गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखाका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको प्र। ३–०१–०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाइछिपाइ ल्याएको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक अमिरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए ।

गाडीमा खाली तरकारी बोक्ने क्रेटले छोपेर गाँजा राखेर ल्याइएको थियो । प्लास्टिकले प्याक गरेर ३० वटा पोका बनाएर गाँजा ल्याइएको प्रवक्ता अर्यालले जनाए । मकवानपुर प्रहरीका अनुसार चालु आवको साउनदेखि मंसिर ११ गतेसम्म २ हजार ५ सय ६० केजी गाँजा, ३० केजी चरेस र २ सय ३९ ग्राम खैरोहिरोइन बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*