फिल्मबाट ब्रेक लिँदै आयुष्मान

जनपत्र
१३ आश्विन २०७६, सोमबार ०५:५१

बलिउडका भर्सटायल अभिनेता आयुष्मान खुराना आफ्नो हरेक फिल्मबाट दर्शकको दिल जितिरहेका छन् । तर, अब उनले फिल्मबाट ब्रेक दिने फैसला लिएका छन् । तर, सधैंका लागि भने होइन । केही समयको विश्रामपछि उनी पुनः फिल्ममा फर्किनेछन् । आफ्नो श्रीमती र बच्चालाई समय दिन नसकेको भन्दै उनले केही समयका लागि फिल्मबाट ब्रेक लिन लागेका हुन् ।

उनी गएको २ वर्षदेखि फिल्ममा व्यस्त छन् । उनी स्वयंलाई आफ्नो यो ब्रेक कति लामो समयका लागि हुन्छ भन्ने थाहा छैन । तर, आयुष्मानले अब तीन महिनासम्म कुनै फिल्म साइन गर्ने छैनन् । उनी भन्छन्, ‘गएको वर्ष मेरो लागि निकै मुश्किल थियो । मैले आफ्नो परिवारसँग समय विताउनका लागि बीच नोभेम्बरबाट ब्रेक लिँदैछु ।’ हाल उनी अभिनीत फिल्म ‘ड्रिम गर्ल’ प्रदर्शनरत छ ।

आयुष्मानले भने, ‘शुभ मंगल ज्यादा सावधान’ पछि म ‘बाला’ को प्रमोसनमा व्यस्त हुनेछु । ‘बाला’ पछि मैले कुनै फिल्म साइन गरेको छैन । १५ नोभेम्बरपछि म आफ्नो परिवारसँग समय विताउनका लागि विल्कुलै फ्रि हुनेछु ।’ उनी अगाडि भन्छन्, ‘मेरा बच्चाहरु ठूला हुँदैछन् र मेरी श्रीमतीलाई मेरो समय चाहिएको छ । अब समय(समय परिवारका लागि पनि समय निकाल्नेछु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*