शैक्षिक सुधारमा प्राथमिकता दिईएको छ – वडा अध्यक्ष सिग्देल
हेटौँडा / हेटौँडा उपमहानगरपालिका वडा नं। ४ का वडा अध्यक्ष नवीन सिग्देलले शैक्षिक सुधारलाई प्राथमिकता दिईएको नन्दस्थान टोल विकास संस्थाको साधारणसभा उद्घाटन गर्दै बताउनु भएको छ । हेटौँडालाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न आवश्यक रहेकोले धेरै शैक्षिक संस्था रहेको र धेरै विध्यार्थी यस वडाका शैक्षिक संस्थामा अध्ययन गर्ने भएकोले शैक्षिक गुुणस्तर कायम गर्न ४ नं। वडाले ध्यान दिएर अभियान सञ्चालन गरिरहेको बताउनु भयो ।
विध्यालयको गुणस्तर सुधार्न स्थानीय सरकारले प्रत्यक्ष रूपमा ध्यान दिनपर्ने र प्रयाप्त लगानी गर्नुपर्ने उहाँको जोड थियो । विकासमा जनताको लागि भएकोले विकासमा जनसहभागिता र परिचालन महत्व पूर्ण हुने भन्दै वडालाई व्यवस्थित सुविधा सम्पन्न बस्ती र व्यवसायिक शहर बनाउन सबै तहको सरकारसंग समन्वय गरिरहेको, खेलकुद क्षेत्र अगाडि बढाउन र धार्मिक पर्यटनको रूपमा वडालाई विकास गर्न विशेष ध्यान दिएको बताउनु भयो । सामाजिक रूपान्तरणको लागि सबै खाले विभेद, विकृति र हिँसा अन्त्य गर्ने र हरियाली र उज्यालो वडा बनाउन सामाजिक अभियान सञ्चालन गर्नुको साथै भाषा, संस्कृति र साहित्यलाई जनस्तरमा पुर्याउन वडा कार्यालय लागि परेको उहाँको भनाई थियो ।
साधारणसभाले पुनस् देवकुमारी ढकालको अध्यक्षतामा उपाध्यक्ष उत्तरा कुमारी रूपाखेती, सचिव किसोर दुलाल, सहसचिव निर्मल श्रेष्ठ र कोषाध्यक्ष उत्तम थापा सहित ९ सदस्यीय कार्य समिति चयन गरेको बताईएको छ ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका सामुदाय परिचालन प्रमुख गंगा चौलागाई, अरनिको टोल विकास संस्थाका अध्यक्ष बीरेन्द्र ढुङ्गाना, संस्थाका प्रमुख सल्लाहकार उत्तम शर्मा ढकाल सल्लाहकार राम श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष देवकुमारी ढकालको अध्यक्षतामा भएको हो ।