मनहरी गाउँपालिकामा एक वर्षमै साढे चार हजार मिटर पक्की सडक निर्माण

जनपत्र
११ आश्विन २०७६, शनिबार ०८:५६

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले बितेको आर्थिक वर्ष २०७५–०७६ मा ४ हजार ६ सय ७४ मिटर सडक पक्की निर्माण गरेको छ । मनहरीका सबैजसो वडामा कुनैन कुनै सडक पक्की निर्माण गरिएको छ । कच्ची सडकका कारण स्थानीयले सास्ती खेप्नुपरेपछी सडक पक्की निर्माण गर्ने अभियान अनुसार साढे ४ हजार मिटर भन्दा वढी सडक पक्की निर्माण गरिएको हो ।

गाउँपालिका भित्रमा सडकको स्लाव ढलान ४ हजार १ सय ५० मिटर र कालोपत्रे गर्ने काम ५ सय २४ मिटर गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । पहिले ट्रयाक खोली सकिएका सडकलाई सफा गर्ने, धेरै सवारीका साधन गुढ्ने सडकलाई प्राथमिकतामा दिएर पक्की बनाउँदै लगिएको उहाँले वताउनुभयो । गाउँपालिकाले ३० हजार ८ सय मिटर सडकको नयाँ ट्रयाक ओपनको काम गरेको छ । यसैगरी २१ हजार ५ सय ५० मिटर सडकमा ग्राभेल गरिएको अध्यक्ष उप्रेतीले वताउनुभयो ।

गाउँपालिका क्षेत्रमा ९ वटा वक्स कल्भर्ट, २२ वटा हुमपाईप कल्भर्ट, १ वटा कज्वय, एक वटा आरसीसी कल्भर्ट निर्माण गरिएको उहाँले वताउनुभयो । चालु आर्थिक वर्षमा पनि सडक निर्माणले प्राथमिकता पाएको छ । धेरैजसो वजेट सडक निर्माणका क्षेत्रमा खर्च हुने उहाँले वताउनुभयो । धेरै जसो वजेट सडक निर्माण र खानेपानीको क्षेत्रमा वितेको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा वढी वजेट खर्च हुने उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*