‘रूदाने उपन्यास लेखन यात्रा उत्साहपूर्ण रह्‍यो’

जनपत्र
२५ भाद्र २०८१, मंगलवार ०७:५३

विसं १९९० सालमा मकवानपुरको उत्तरी गाउँ पालुङमा जन्मिएका रूपचन्द्र विष्टले ११ वर्षको उमेरमा आफ्नो घरबाट विद्रोह गरेर हिँडेका थिए। उनले जीवनभर नेपाली श्रमिक र पिछडिएका वर्गको जागरणका लागि आफूलाई समर्पित गरेका थिए।

उनै थाहा दर्शनका अभियन्ता रूपचन्द्र विष्टको जीवनमा आधारित आख्यान ‘रूदाने’ केही दिन अगाडि  सार्वजनिक भयो।

नाटक र उपन्यास लेखनमा सक्रिय लेखक टंक चौलागाईंले आफ्नो पाँचौँ कृतिका रूपमा रूदाने ल्याएका हुन्। यसअघि  लामो समय काम गरेको अनुभव र यसअघि  ‘जिरो कटेज’, ‘काठमाण्डु गीत’, ‘टालाटुली’, ‘उबडखाबड’   बजारमा आइसकेको छ। नवीनतम् कृति रूदानेमा आधारित रहेको लेखक चौलागाईंसँग गरिएको संक्षिप्त संवादको सम्पादिन अंश :

काल्पनिक चरित्र र वास्तविक चरित्रमाथि लेखिने आख्यानमा फरक के हुने रहेछ?

एउटा घेरामा बाँधिएर लेखेको जस्तो लागेको छ। मैले अहिलेसम्म लेखेका करिब ९० प्रतिशत जति सिर्जनाहरू वास्तविक चरित्रहरूमा आधारित भएरै लेखेको छु। लेखेर सार्वजनिक भई पाठकसम्म पुगेपछि ती काल्पनिक भइदिन्छन् ती चरित्रलाई समेत अविश्वास लाग्ने गरीकन। तपाईंले ऐतिहासिक चरित्र भन्न खोज्नुभएको हो भने यसमा चाहिँ जोखिम धेरै छ।

भनिन्छ : रुदानेले फरक नाम र फरक फरक चरित्रमा आफूलाई उभ्याए। यो पुस्तकले रुदानेका कुन कुन पाटोलाई उजागर गरेको छ।

रूपचन्द्र विष्टका सम्पूर्ण आयामलाई समेटिएको छ भन्ने मेरो विश्वास हो।

जो व्यक्ति जसको भौतिक शरीर यो दुनियाँमा छैन्। तर, उसको कामलाई आज पनि मान्छेहरू तारिफ गर्छन्। रुदाने पुस्तक लेखनमा ‘म्याटरियल’हरूको संकलन कसरी गर्नुभयो?

यसको थालनी थाहा सञ्चारबाटै भएको हो। यहाँका अधिकांश मानिसहरूसँग भेट गरेर कुराकानी भएपछि दामन पालुङ पुगेको हुँ। रुपचन्द्र विष्टसँग सम्बन्धित लेखहरू सबै पढेँ थाहा नामको पुस्तक धेरै सहयोगी भयो।

लेखकका रूपमा पर्दा अगाडि तपाईं देखिए पनि पर्दा पछाडि बसेर सहयोग गर्ने हातहरू असंख्य होलान्। उहाँहरूबाट कस्तो सहयोग पाउनुभयो?

उहाँहरू जो धेरैजसो यस पुस्तकमा पात्रहरू पनि हुनुहुन्छ। उहाँहरूको साथ सहयोगबिना पुस्तक यो रूपमा आउने थिएन।

नाटकमा लामो समय काम गरेको अनुभव र यसअघि  ‘जिरो कटेज’, ‘काठमाण्डु गीत’, ‘टालाटुली’, ‘उबडखाबड’   चार वटा कृति लेख्नुभयो। पाँचौँ कृतिका लागि रुदाने नै रोज्नुको कुनै त्यस्तो ‘टर्निङ पोइन्ट?’

फिल्म नआउने भएपछि निराश दिव्य देव पन्तलाई नायक बनाएर नाटक मञ्चन गर्ने इच्छा थियो। योगमाया मञ्चन गरेपछि उत्साहित बनेको थिएँ।

कुनै व्यक्तिमाथि लेखिने आख्यानमा केके कुरा महत्वपूर्ण हुन्छन्?

घटनाहरूमा विश्वास नै महत्वपूर्ण हो।

मान्छेले गरेको काम र उसको अनुभवको कुनै सीमा हुँदैन। अक्षरको सीमामा बाँधिएर लेखिएका जीवनीसहितको आख्यानले केन्द्रीय पात्रलाई न्याय गर्ला र? भनेर कसैले प्रश्न सोध्यो भने?

मैले कुनै सिमामा बाँधिएर आख्यान लेख्नु परेको छैन।

उपन्यास लेखनको लामो अनुभवको आधारमा  उपन्यासप्रति समकालीन पाठकको दृष्टिकोणहरूमा कस्ता कस्ता परिवर्तन भएको अनुभव गर्नुभएको छ?

आजभोलि उपन्यास पढ्ने पाठक कम भए। पाठकको अपेक्षा हामीले पूरा गर्न सकेनौँ।

रुदानेको हकमा पुस्तकले पाठकमा दिगो असर पार्न सक्ने आधारहरू केके लागेको छ ?

म त्यस्तो दाबी गर्न सक्दिनँ। यो कुरा भोलिको लागि छोडिदिए कसो होला ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*