मकवानपुरगढीमा रुखले च्यापीएर एक जनाको मृत्यु

जनपत्र
१८ बैशाख २०८२, बिहीबार १७:४९

हेटौंडा । मकवानपुरगढीमा रुखले च्यापीएर एक जनाको मृत्यु भएको छ । मोरङ मिथलाजुङ गाउँपालिका वडा नम्बर–१ घरभई हाल मकवानपुर मकवानपुरगढी गाउँपालिका वडा नम्बर– ७ सुकौरामा डेरा गरि बस्ने ३१ वर्षिय राम राईको रुखले च्यापिएर मृत्यु भएको हो ।

स्थानीय राम बहादुर मोत्तानको बारीमा रुख ढाल्ने काम गर्ने क्रममा आफैले ढालेको रुखले च्यापी घाईते भई उपचारको लागी साथी सुजन राईले मकवानपुर सहकारी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*