हेटौंडामा मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस

जनपत्र
१८ बैशाख २०८२, बिहीबार १०:५३

हेटौंडा । हेटौंडामा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । आज मे १ तारिख, एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, हेटौंडामा पनि कार्यक्रम गरी मनाइँएको छ । नेपाल ट्रेडयुनियन महाँसंघ (जिफन्ट) को आयोजनामा हेटौंडामा र्याली निकालेर यो दिवस मनाइएको हो ।

हेटौंडाको फरेष्टिगेटबाट निकालिएको र्यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो । बिभीन्न पेसागत संघसंस्थाहरुको पनि र्यालीमा सहभागिता रहेको थियो ।
नेकपा एमाले निकट जिफन्टको आयोजनामा भएको कार्यक्रममा हेटौंडाका बिभीन्न उद्योग, कलकारखाना, बिभीन्न कार्यालयहरुमा कार्यरत श्रमिकहरुको सहभागिता रहेको छ ।

श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले मनाउँदै आएका छन् ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरू भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसका दिन सार्वजनिक बिदा दिन थालिएको थियो । आज सार्वजनिक बिदा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*