कर बृद्धीको बिरोधमा हेटौंडामा व्यावसायीको नाराजुलुस, व्यवसाय बन्द गरेर उपमहानगरलाई बुझाए साँचो

जनपत्र
३२ श्रावण २०८१, शुक्रबार १२:५४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वासीको ढाड सेक्नेथगरी कर बृद्धी गरेको विरोमा दिनहुँजसो आन्दोलन भइरहेको छ । हेटौंडा उपमहानगरपालिकामा धर्ना दिने देखि लिएर आज आफ्ना पसल बन्द गरेर हेटौंडाका उद्योगि व्यावसायीहरुले उपमहानगरपालिकालाई चावि बुझाएका छन् ।

तीन सय प्रतिशत सम्म कर बृद्धी गरेपछी मकवानपुर उद्योग बाणिज्यसंघको नेतृत्वमा हेटौंडामा बिरोधका कार्यक्रमहरु भइरहेको छ । बृद्धि गरेको कर रकम फिर्ता गर्नु पर्ने लगायतका मागहरु गर्दै व्यावसयीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कर बृद्धी गरेको विषयमा मकवानपुरका बिभीन्न राजनीतिक दल, हेटौंडा उपमहानगरपालिकाका बहुमत नगरसभाका सदस्यहरुले पनि बिरोध गर्दै आएका छन् । नगरसभाका सदस्यहरुले बृद्धी गरेको कर रकम घटाउनका लागि बिशेष नगरसभा बोलाउनका लागि माग पनि गरेका छन् ।

कर वृद्धिको विरोधमा हेटौंडामा व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर प्रतिकात्मक रुपमा साँचोको डमी उपमहानगरलाई बुझाएका छन्। शुक्रबार बिहान ७ देखि १२ बजेसम्म आफ्ना पसल एवं व्यवसाय बन्द गर्ने बताएका छन् । आन्दोलनमा रहेका व्यवसायीले मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँलाई शुक्रबार साँचो बुझाएका थिए । हेटौंडाका उद्योगी व्यवसायीहरुले उपमहानगरपालिकाले अस्वभाविक ढंगले कर वृद्धि गरेको भन्दै विगत ५ दिनदेखि मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आन्दोलन गर्दै आएका छन्। ।

यही आन्दोलनकोबीच उपमहानगरपालिकाले वार्ताका निम्ति मकवानपुर उद्योग वाणिज्य संघलाई बिहीबार पत्राचार गरेको छ । शुक्रबार अपराह्न उद्योग वाणिज्य संघका प्रतिनिधि र उपमहानगरपालिकाबीच वार्ता हुने उद्योग वाणिज्य संघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*