आज साउनको अन्तिम सोमबार, हेटौंडाको पशुपति मन्दिरसहित मकवानपुरका शिवालयमा घुइँचो

जनपत्र
२८ श्रावण २०८१, सोमबार ०६:५९

हेटौंडा । आज साउन महिनाको अन्तिम सोमबार, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा रहेको पशुपतिनाथ मन्दिरसहित मकवानपुरका दश वटै स्थानीय तहका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार डा बासुदेवकृष्ण शास्त्री बताउँछन् । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*