बागमती प्रदेशका मुख्यमन्त्री लामाले पाए विश्वासको मत, पक्षमा ६४ मत

जनपत्र
१५ श्रावण २०८१, मंगलवार १८:०२

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले विश्वासको मत पाएका छन् । पहिलो पटक मुख्यमन्त्री बनेका उनले आज अपरान्ह प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री लामाले मागेको विश्वासको मतको पक्षमा ६४ जना र विपक्षमा ३५ जना प्रदेश सभाका सदस्यले मतदान गरेका थिए । १०३ जना सहभागी प्रदेश सभामा ३ जनाले भने कुनै पनि पक्षमा मतदान गरेनन् ।

कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३७ र एमालेका २७ सांसदले मत दिएका छन् । प्रदेशसभाको बैठकमा उपस्थित कूल १०३ सदस्य मध्ये उनको विपक्षमा ३५ मत प्राप्त भएको छ भने ३ मत तटस्थमा परेको छ । बैठकमा ७ सांसद अनुपस्थित भए भने सभामुख मत विभाजनमा सहभागी भएनन् ।

गत साउन ८ मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उनले साउन १२ मा सरकारलाई पूर्णता दिएका थिए । उनले १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*