हेटौंडामा दुइ वटा मोटरसाइकल एक आपसमा ठोकिदा दुइ जना गम्भिर घाइते
हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर–६ पुतलीबजार स्थितमा धरान चतरा सडक खण्डमा आज बिहान दुइ वटा मोटरसाइकल एक आपसमा ठक्करखाँदा दुइ जना घाइते भएका छन् ।
पुतलीबजार तर्फबाट भुलभले तर्फ जादै गरेको बा प्र ०३–००५ प ६३०९ नंबरको मोटरसाइकल र सोही दिशातर्फ जादै गरेको बा प्र ०३–००३ प ७१२६ नंबरको मोटरसाइकल ठोकिदा दुइ जना घाइते भएका हुन् ।
दुर्घटनामा हेटौडा– १८ बस्ने र १९ वर्षिय सुगम दुलाल र सोही ठाउँका १९ वर्षिय बिनायक दुलाल घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । दुबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।






