नारायणी नदीले दुईवटा बस बगायो, ५० जना भन्दा धेरै मानिस नारायणीमा बेपत्ता

जनपत्र
२९ असार २०८१, शुक्रबार ०६:३६

चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ।  आज बिहान ३ बजे भएको यो घटनामा धेरै जनाको हताहती भएको आशंका गरिएको छ।

पहिरोले बगाएका दुईवटै बस नारायणी नदीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।

अविरलसँगै ठूलो पहिरो खस्दा चितवनबाट काठमाडौँ आउँदै गरेको नम्बर नखुलेको एउटा बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नारायणीमा बेपत्ता भएका हुन्।

दुबै बसमा गरेर ५० जनाभन्दा धेरै सबार थिए। ‘ती सबै यात्रु नारायणीमा बेपत्ता छन्,’   जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले नेपाल खबरसँग भने।

घटनास्थलमा अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन बाटबाट ३५  जना र बिपद ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोर सहित २० जना परिचालन छन्।

पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक अबरुद्ध छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*