‘पोइ पर्‍यो काले’ को कन्फ्यूज बनाउने पोस्टर

जनपत्र
१० आश्विन २०७६, शुक्रबार ०५:५०

कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘पोइ पर्‍यो काले’ स्टारकास्टका कारण लामो समयदेखि चर्चामा छ । पहिलो पटक अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्लले स्क्रिन साझेदारी गरेका कारण यो फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ । फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री श्रृष्टि श्रेष्ठको पनि प्रमुख भूमिका छ ।
शिशिर राणाको लेखन र निर्देशन रहेको फिल्मको केही दिन अगाडि शिर्ष गीत सार्वजनिक भएको थियो । जसलाई अहिलेसम्म युट्युबमा ११ लाखभन्दा बढि पटक हेरिएको छ । गीतलाई निकै राम्रो प्रतिक्रिया मिलेको छ । कालो वर्णको एक पुरुषको जीवनमा आउने उचार(चढावमा फिल्म केन्द्रित रहेको बताइएको छ । फिल्मको मूल कथा अभिनेता सौगात मल्लको वरिपरि घुमेको छ ।

प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको प्रचार(प्रसारलाई आक्रामक बनाउन थालिएको छ । केही दिनयता निर्माण टिमले फिल्मको लगातार नयाँ(नयाँ पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ । हालै सार्वजनिक फिल्मको दुई पोस्टरले दर्शकलाई कन्फ्यूज बनाएको छ । एक पोस्टरमा सौगात, पूजा, आकाश र श्रृष्टि सबैलाई दुलहा(दुलहीको भेषमा देख्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*