पाँच कुरा जुन चिम्पाञ्जीबाट सिक्न सक्छन् नेताले
राजनीतिको कुरा गर्ने वित्तिकै हामीमा एउटा विचार पनि आउँछ( राजनीति गर्नेहरु स्वार्थले भरिएका हुन्छन् । हुन पनि केही अघि एकअर्कालाई गाली गर्ने नेताहरु केही दिनमा आफ्नो स्वार्थका लागि मिलिरहेको देखिन्छ । जे होस् राजनीतिमा आफू अनुकूल प्रसङ्गहरु र विषयहरु प्रयोग गरिएको हुन्छ । मानिसमा मात्र होइन, यस्तो खिचातानी र स्वार्थले भरिएको राजनीति चिम्पाञ्जीमा पनि देखिन्छ । अक्सफोर्ड विश्वविद्यालयमा राजनीति शासेत्रका प्रोफेसर जेम्स टिलीले बिबिसीलाई चिम्पाञ्जीको समूहमा हुने शक्ति संघर्षको अध्ययन गरेर राजनीतिले यसबाट के सिक्छन् भन्नेबारे बताएका छन् । उनले बताएका पाँच बुँदास्
१। साथीहरुलाई सँगै राख तर दुश्मनलाई नजिक राख
चिम्पाञ्जीमा निष्ठा बदल्ने सिलसिला लगातार चलिरहेको हुन्छ । त्यसैले पनि चिम्पाञ्जीहरु कहिले कुन समूहमा त कहिले कुन समूहमा हुन्छन् । कुनै पनि समूहको विशेष कुरा थाहा पाउन चिम्पाञ्जीले सधैं आफ्नो साथीविरुद्ध जान र दुश्मनसँग मिल्नका लागि तयार हुन्छन् । यसमा अधिकांश सम्बन्ध साथीको भन्दा पनि फाइदाको कारण हुन्छ । राजनीति गर्नेहरुले पनि यो कुरालाई ध्यान दिन सक्छन् ।
२। सम्बन्ध बनाउनु छ भने कमजोरलाई चुन्नुस्
चिम्पाञ्जीहरुमा समानताका आधारमा गठबन्धन भइरहेको हुन्छ । यसको मतलब के हो भने दुई कमजोर चिम्पाञ्जी मिल्छन् र बलियो चिम्पाञ्जीविरुद्ध संघर्ष गर्छन् । चिम्पाञ्जीहरुमा के हुँदैन भने एउटा बलियो चिम्पाञ्जीसँग अर्को कमजोर चिम्पाञ्जी मिलोस् । यो कुरा किन पनि तार्किक लाग्छ भने यदि हामीसमान समूहसँग गठबन्धन गरेको खण्डमा र केही उपलब्धि भएको खण्डमा हामीले हासिल गरेको उपलब्धिमा हामीलाई बढी हक मिल्ने सम्भावना हुन्छ । तर, अर्को समूह बलियो रहेछ भने हामीलाई कुनै पनि सामानको हक कम हुने सम्भावना बढी हुन्छ ।
३। मानिसहरु डराएको राम्रो तर।
चिम्पाञ्जीहरुको नेता निकै बलियो हुने र डर देखाउने खालको हुन्छ । उसले आफ्नो क्षमताका आधारमा राज गरिरहेको हुन्छ । तर, यस्तो नेता लामो समयसम्म चल्न सक्दैन । एक सफल नेता हुन एकले आफ्नालागि समर्थन जुटाउनु पर्ने हुन्छ र जनताबीच आफ्नो पकड बलियो बनाउनु पर्ने हुन्छ । यसका लागि नेता सहृदयी तथा दृढ हुनु पर्छ ।
४। सुविधा दिनस्, राज गर्नुस्
इतिहासलाई हेर्ने हो भने त्यो नेताले सबैभन्दा बढी समय राज गरेको पाइन्छ जसले मानिसहरुलाई सुविधा उपभोग गर्न दिएको छ र समर्थन हासिल गरेको छ । बिबिसी रेडियो कार्यक्रममा जेम्सले एक एउटा त्यस्तो चिम्पाञ्जीको उदाहरण दिएका थिए जसले १२ वर्षसम्म सबैलाई खानेकुरा बाँडेको थियो । र, त्यो समूहमाथि आफ्नो नियन्त्रण कायम पनि गरेको थियो ।
५। बाहिरी खतराले बढाउन सक्छ समर्थन
चिम्पाञ्जीहरुबारे अध्ययन गर्दा जेम्सले पाएका छन् कि जब समूहमा बाहिरबाट खतरा हुन्छ तब चिम्पाञ्जीको समूहले एकआपसमा भएको झगडा भुल्छन् अनि एकजुट हुन्छन् । उनीहरुले बाहिरी खतरा सामना गर्न तयार हुन्छन् ।