बागमती प्रदेशका सांसदद्वारा निकुन्जममा सेनाको गोली लागेर मृत्यु भएका परिवारसंग भेट

जनपत्र
१२ असार २०८१, मंगलवार ०९:००

हेटौंडा । बागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति तथा सदस्यको टोलिले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सेनाको गोली लागि मारिएका हेटौंडा १४ का शुक्र बहादुर तितुङको परिवारलाई भेट गरेको छ ।

समितिका सभापति आनन्द कुमार श्रेष्ठ, सदस्य भारती पाठक लगायत टोलिले मृतकका श्रीमती, छोराछोरी लगायत परिवारका सदस्यहरुसँग घरमै पुगेर भेट गर्नुभएको हो ।

भेटका क्रममा समितिका सभापति आनन्द कुमार श्रेष्ठले निकुञ्ज आसपास बसोबास गर्ने नागरिकहरु प्रति राज्य सहिष्णु हुनुपर्ने बताउनुभयो ।

निकुञ्ज आसपास मुख्यत जनजातिको बसोबास रहेको छ, उनीहरूको दैनिकी वन र जमीनसँग प्रत्येक्ष जोडिएको हुन्छ, जिविकोपार्जनका क्रममा नागरिकका तर्फबाट जानअञ्जानमा गल्ती भएमा अन्य कानुनी कामकारबाही गर्नुपर्नेमा गोली प्रहार गरि हत्या गरिनु दुःखद हो उहाँले भन्नुभयो ।

भेटका क्रममा समितिका सदस्य भारती पाठकले निकुञ्ज र मध्यवर्ती क्षेत्र सम्बन्धि कानुन संसोधनको कुरा उठिरहेको बताउनुभयो भयो । उहाँले पीडित परिवारको व्यवस्थापनमा पहल गरिने बताउनुभयो ।

टोलीले निकुञ्जका वार्डेन रामचन्द्र खतिवडालाई समेत भेटी मृतकका परिवारलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न अनुरोध समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*